Skip to main content

Posts

Featured

फ्रम ट्वेल्भ हन्ड्रेड मिटर्स टु थ्रि थाउजेन्ड नाइन हन्ड्रेड मिटर्स इन टु डेज : अ ट्राभलग !

नेपालको राजधानी शहर काठमान्डु र यहांको जीवनको बारेमा थाहा पाउन कसैले त्यति धेरै चर्चा गरिरहनु नपर्ला । मलाई व्यक्तिगत रुपमा यो खाल्टोको बसाई एकदमै निस्सास र निरस लाग्छ । लगातार १ वर्ष यो खाल्टोमा बसेको यो नै पहिलो पटक हो मेरो । जागीरको सिलसिलामा । भनेको समयमा विदा नपाइने र करिव-करिव कुनै कुनामा एक्लै जस्तो बसिने हुनाले पनि भेटघाट अन्यत्र जस्ताे त्यति सजिलै नहुने रहेछ । अङ्ग्रेजीमा एउटा भनाई छ When everyday life is getting you down, it’s time for an adventure ! हामीलाई पनि त्यस्तै मन भयो । जीवन एकनासको निरस र पट्यारलाग्दो भयो भने ह्वाई नट ट्राइ सम एडभेन्चर ? यही सेरोफेरोमा अचानक एउटा प्लान बन्यो । निकै आकर्षक । अहिले ट्रेन्डिङ्ग  भइरहेको ठाउं , कालिन्चोक । जुन ठाउंको सेताम्मे हिउं परेको , हिमालले घेरिएका फोटाहरुले पोहोर साल नै मेराे मन तानिसकेको थियो । हामी सुरुमा यस्तै छ सात जना जाने भन्ने योजना बनायौं । र जाने दिन नजिकिंदै अझ भनौं घट्दै जांदा जाने सम्भावित मान्छेहरु को संख्या पनि घट्दै गयो । कसैको घरायसी काम , कसैको निर्वाचनमा खटिएकाले जान नपाउने अवस्था भए पछि अन्तिममा हामी

Latest Posts

मुल बाटाे फेराे नभन्नु......... ( हाइकानुभुति )

सात हाईकु

Message for Nobody from Nowhere :D

Dreams Vs Realities :)