न्यु इअर !!

(म  फोन मा साथि संग कुरा गरिरहदा  )
"ए बाबु के गर्दै छस् ??छिटो आइज न  ! चिया  चिसो भैसक्यो | "
 आमा भित्र बाट कराउनु भयो !
"आएँ आएँ एक छिन है !"
एउटा हातले फोन को स्पिकर छोपेर म पनि चिच्याएँ |
(एक छिन पछी )
"  कति कराउनु पर्च है तलाई, म त हैरान भैसके ?? "
"  ह्या  आमा पनि कति करै राख्नु भा'को  एक छिन के, आइहाल्छु नि | "
"""हैन  बिहान देखि किन फोनमा  झुण्डी राख्याछस् ??  कहिले मोबाइलमा कहिले फोनमा , पख त बा लाई बोलाईदिउ ??"
 (बा झनै किच किच गर्नुहुन्छ भन्ने मलाई थाहा छ तेसैले हतार हतार बाइ भनेर  म फटाफट किचन तिर गएँ)
 "कति कराई राख्या के हजुर पनि, साथी हरुले नि के भने होलान ?? "
"भयो  भयो तलाई एती धेरै कुरा गर्न पर्ने काम चाही के पर्यो सप्पै साथी हरु संग ? कतै घुम्न जानी कुरो छ क्या हो ?? हेर है बाबु चिसो छ, धेरै बरालिएर .........."
"कतै  जाने कुरो होइन के , साथि हर'लाई न्यु एअर को विस  गरिरा'को नि  , नया सालको के || "
"के भन्छ यो ? (आमा औंला भाच्दै) नया साल आउन त अझै ३ महिना बाँकी छ  त , कै'ले देखि आयो पुष मै नया साल ???"
 (मलाई आमाले नपत्याउनुभाको थाहा भयो तरकेहि बोल्न सकिन , सोचें आखिर हाम्रो नया साल आउन अझै ३ महिना नै त बाकि छ नि | )

Comments