प्रत्येक लालिगुरांसमा तिमिलाई पाएं

जब मैले तिमिलाई देखें,
मेरा पाइलाहरु टक्क रोकिए,
म मन्त्रमुग्ध भएं,
सायद खुसीले होला,
मुटुको धड्कन बढ्न थाल्यो,
मन तरंगित हुन थाल्यो ।
किनकि तिम्रो सुन्दर जवानीले रंगिएको
तिम्रो शरिर झैं रंगिएका थिए
त्यी पाखा र पखेराहरु,
त्यसैले त म टोलाएं, लोलाएं,
म डुबें र आनन्दित भएं ।
किनकी मैले त्यी प्रत्येक लालिगुरांसमा तिमिलाई पाएं,
तिमिलाई देखें ।

Comments