त्यी पांच दिन.....!!



भ्रमण मन नपर्ने मान्छे सायद कमै होलान्  
समय निकालेर धेरै अगाडी देखि योजना भएको तर पुरा हुन नसकेको भ्रमणका लागि हामी अफिसका चार जना साथिहरु कृष्णनगरबाट प्रस्थान गर्यौं पोखारा तिर असोज , २०७० मा एक जना कहिलै पोखरा आस पास नगएका, एक जना वर्षौं पहिले गएका अर्का एक जना जान गएका तर खासै घुमघाम नगरेका साथिहरुलाई पोखरा घुमाउने करिव करिव सम्पुर्ण दायित्व मेरै थियो
बाटामा देखिएका सम्पूर्ण दृश्यहरु संग रमाउंदै अगाडी बढ्यो हाम्रो यात्रा देखिएका हरेक चिज राम्रा लागे मलाई हामी सबैलाई  हुन पनि कृष्णनगर जस्तो ठाउंमा बसेकोले नै होला प्रत्येक प्राकृतिक तथा आर्टिफिसियल कुराहरु अचम्मै सुन्दर देखिन्थे अझ भनौं स्वभाविक भन्दा अझ बढि सुन्दर
बुटवल पाल्पा हुंदै सिदार्थ राजमार्ग बाट पोखरा जाने निर्णय गरि हामि सोही बाटो बाट माथि तिर लाग्यौं बाटोमा फोटो सेसन संग सगैंको रमाईला गफहरु तथा गितहरुले अवश्य पनि यात्रालाई अझै यादगार बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरे  
यात्रालाई रमाईलो बनाउन एक दुई जना गफमा मजा दिलाउन सक्ने साथि हरु को अत्यन्त जरुरी पर्ने रहेछ हाम्रो टिममा काउचा सर भए पछि अरु कोहि चाहिने रमाईलो नहुने कुरै भएन गणेश दाईको भगवान् भरोसा पनि कम रोचक थिएन नै वास्तवमा गफ आफैमा रमाईला वा नरमाईलो हुन्छ जस्तो लाग्दैन मलाई, यसको रोचकता सैलि हाउभाउमा हुन्छ, गफ लगाउने लाईभ्लि  सैलि

बाटोमा खाना त्यसपछिको खाजा   अनि त्यि ठाउंहरु , प्रत्येक चिज सम्झन लायक थिए पोखरा पुग्दा अलि अबेरै भएछ , सायद हामी निस्केको समय नै अलि ढिला भएको थियो  त्यसैले अन्य कुराहरु भन्दा खाना खाएर सुत्नु नै उत्तम मानियो

दिन
पोखरा घुम्नु हामी नेपाली ले पोखारा वा अन्य जहां गए पनि सबै भन्दा पहिल घुम्ने ठाउं भनेको मन्दिर  नै हो हामी पनि विन्दवासिनी गइयो दर्शन गरि वरी हामी गुफाहरु। सेति नदिको गल्छि , पि. एन. क्याम्पस परिसर , म्युजियम, हुंदै करिब बजे तिर खाना खाने साईत जुराई फेरि एकै छिन सुस्ताएर भ्मण जारी राख्ने गरि पहिलो चरणको घुमाई लाई बिट मारियो
Inside  Mahendra Cave.
Prithvi Narayan Campus

Tunnel At KI Singh Pool

बेलुकी पख फेवातालको किनार मा हिड्नुुको पनि कम मज्जा थिएन नै त्यहांको छुट्टै खालको रमझम ले कसैलाई किन नतानोस् .... त्यस पछि पोखराको सांगितिक माहोलमा एकछिन डुबुल्कि मार्ने निर्णय गरियो
दिन
हामी अब करिब सबै जनाका लागि नयां तिन जिल्ला जिबनमा नै पहिलो पटक जांदै थियौं बाग्लुंग, पर्वत  म्याग्दी पहाडको बाो ,  बाटो भरि हरियाली, सुस्ताएर बगेका खहरे हरु   माथि आकाशबाट नै खसे झैं बाटो आड मै खसेका झरना हरु कति हुन कति त्यस माथि अति झुम्म परेको ठाउं पुग्दा नपुग्दै बज्ने प्राकृतिक सांगितिक झंकार  m्याउंकिरिको
सर्वप्रथम पर्वत यान्त्रिक पुल कुस्मा देखि बलेवा जोड्ने  
Baglung Kalika Entrance


Formal Program



Galeshwar , Myagdi

Getting Ready  For Flight



In the background : Kusma

In the another side. Parbat Balewa Automated Bridge-Ropeway

Boating at Fewa Lake



 हामी लाई एड्भेन्चरस लागे पनि कुरा बुझ्दा त्यो भन्दा पनि बढि स्थानियलाई द्रुत यातायातको साधन रहेछ त्यो हुन पनि त्यो कालि गण्डकी ले बनाउको विसाल गल्छि माथि टांगिएको त्यो यान्त्रिक पुल बाट घण्टौं लाग्ने बाटो सात मिनेट मा नै काट्न सम्भव बनाई दिएको रै
त्यसपछिको गन्तब्य म्याग्दी दुई तिरबाट नदिहरुले घेरको सानो बजार अचम्मको कुरा जिल्ला सुरु हुने बित्तिकै सदरमुकाम अन्य कुरा सोच्नु भन्दा पहिले मैले सोचें , यो जिल्लाका पल्लो भेगका मान्छे हरुलाई सदरमुकाम आउन कति दिन लाग्ला ?? तर  अत्यन्त सुन्दर सानो औपचारिक कार्यक्रम पछि बेनि बजारलाई दक्षिण तिरबाट बगेको म्याग्दी खोला तिर  लागियो   खोला भनिएता पनि नदि भन्दा कम थिएको त्यसको बहाव एक जना भाई खेल्दै गरेको फुटवल नदिमा खसेपछि , फुटबल जोगाउन हाम फालेका झण्डै बगाएन हाम्रै आंखा अगाडी, धन्न केहि भएन भनिन्छ पानी आगो संग कहिलै ठट्टा नगर्नु सम्झें सोचें साहस हो कि मुर्खता कि केटाकेटिपन ??
बेनि उत्तर तिर त्यो अजंगको पर्खाल जस्तो देखिने चट्टाने पहाड कति डरलाग्दो कता कता बाट पहिरो आउन  समेत सुरु भई रहेको लाग्थ्यो अलि ठुलो भुकम्प वा पहिरो गएमा त्यो पहाड ले पुरै बेनि पुर्न सक्छ तर त्यस्तो नहोस्
त्यस दिनको बसाई गलेश्वर बेनि बाट केहि किलोमिटरको कच्चि बाटो  रिभरसाईड रिसोर्ट साच्चिकै नाम जस्तै थियो त्यो ठाउं अरु केहि नगरी त्यो रघुगंगा कालिगण्डकीको झंकार ले बनेको ल्बेन्डेड म्युजिक मात्र सुनि बसौं जस्तो चिसो हावा, सुनसान, अग्ला हरिया पहाडले घेरिएको त्यो ठाउंमा तपस्या गरे कसो ईन्लाईटेन्ड नभइएला जस्तो , वाह्
तर बाटो खुलेकोले त्यो ठाउंको ब्यापारमा चाहिं नराम्रो धक्का पुगेको रहेछ बाटो खुल्नु अगाडी त्यो बाटो अन्नपूर्ण ट्रेल को ट्रेक रुटमा  पर्दो रहेछ अव सबै जना गाडिमा जाने भए पछि त्याहां खान वा बस्न आउने स्वदेसी विदेसी पर्यटक हरु देख्न पनि रहर लाग्ने भएको रे
त्यो रातको बसाई साह्रै रमाईलो अविस्मरणिय भयो त्यहां बाट निस्के पछि पनि एक आध घण्टा सम्म कानमा त्यि नै संगित गुञ्जिरहे
दिन
अब गलेश्वर धाम एक सय आठ शिव लिंग पुराना मन्दिर तल कालिगण्डकी हामी तल पनि जाने भयौं अलिकति ओरालो झर्ने बित्तकै आयो नदिको किनारमै एकछिन सुस्ताएपछि हामी अगाडी बढ्यौं आजको गञ्तब्य , बाग्लुंग तिर मालढुंगा बाट यु टर्न लिएको केहि समयमा ने पुगियो बाग्लुंगको नाम संगै आउने बाग्लुंग कालिका मन्दिर पुग्नको लागि जानुपर्ने बाटो ले नै मेरो मन जिति सकेको थियो साच्चिकै मनोरम रहेछ ठाउं मन्दिर पनि साथिहरु ले पुजापाठ गरे सायद वर पनि मागे मेरो फेरि कसैको अगाडी सरेन्डर गर्ने बानि नभएकोले औपचारिक हाई हेल्लो दर्शन मात्र गरें मन तृप्त भयो अनि बाग्लुंग बजार घुमेर खाना खाएपछि लागियो हिजो नगई फर्केको पर्वतको चिनारी सबैभन्दा अग्लो झोलुंगे पुल हेर्न
तर बाटोको अनगिन्ति झरनाहरु मध्येको एक बाटो भन्दा  अलिकति माथि बाट खसेको झरना जसलाई काटेर हामी जानै सकेनौ एक छिन संगै रमायौं मन रामाञ्चित भयो सहस्रधारा भनिदो रहेछ त्यो झरनालाई मन एक घण्टा अझै बसी राखौं जस्तो लागेको थियो तर मन नअघाउंदै बाटो ततायौं हामीले किनकी हामी संग समय कम थियो
 पुल, एक नजर मात्र हेर्दा विश्वास लाग्दैन , साच्चिकै त्यो हाईटमा पुल नै ? तर यथार्थ त्यहि नै हो यान्त्रिक पुल यो पुलको काम भने उहि थियो कनेक्सन  , छोटो पाराको घण्टौंको बाटा. केहि मिनेटमा नै त्यहांका बासिन्दाका लागि सुविधा, यो पुल हाम्रा लागि एड्भेन्चर नै बन्यो दुई जना साथिहरु पुल सम्म जान डराउनुभयो हामी पारी सम्म पुगेर फकर््यौं , विल्कुल नयां अनुभव वोकेर
त्यस पछि पोखरा अलि थकित सुत्यौं किनकि यो यात्रा भरिको सबैभन्दा रोचक काम अर्थात सरांकोटबाट हाम फाल्ने , प्याराग्लाईडिंगमा , बांकि नै थियो भोलिका लागि
दिन
विभिन्न कुराहरु भए प्याराग्लाईडिंग गर्ने कि नगर्ने साथिहरु कसैले डरले गरेनन् कसैले के ले गरेनन् थाहा भएन डराएर केहि काम गरिए भने त्यो पक्का डर हो तर डरलाग्दो काम डराएरै भएनि साहस निकालेरगरियो भने त्यो एड्भेन्चर हो  |  कोहि कोहि नचाहिने काम कसले गर्छ पनि भन्दै थिए कोहि हांसोमा उडाउंदै थिए लगायत तिन जना साथिहरु उंड्ने नै भयौं त्यहि हांसो संगै सरांकोटमा ११ बजे पुग्यौं त्यो अन्नपूर्ण भन्ने पसल मार्फत हामी दुई विदेशि गरि जना उड्ने भयौं जना नेपाली चार विदेशी पाईलट रहेछन् हाम्रै एक जना साथि नेपाली पाईलट संग उड्नु भयो त्यस पछि अर्को एक जना साथि तेस्रोमा पाईलटले ईनर्जेटिकल्ली दिएको निर्देशन पछ्रयाउंदै रन भनेपछि खुरुरररर्र दगुरेर छेउमा पुगेपछि सानो छंदा बारी को कान्ला बाट हाम फाले जस्तो गरि खुट्टा छाडेपछि पुरा भयो प्याराग्लाईडिंग सपना आकाशमा कावा खांदै , हावाको झोक्का हरु संग खेल्दै वरिपरि, नभनौं , हरिया डांडाहरुलाइ तल तिर पार्दे आकाशमा उड्नु ...... त्यो भन्दा रोमाञ्चक अरु के होला ?   २८ मिनेटको ग्लाईडिंग पछि फेवा तालको किनारा सुरक्षित अवतरण गरें साथिहरु उत्रिसकेका रहेछन
रमाईलो कुरा नेपाली पाईलट दाईले जम्मा १५ मिनेटमा ल्याण्ड गराएछन् हामी पछिल्ला दुई जना औसतमा आधा घण्टा उडेछौं   नेपाली हामी आफैले गर्दा नेपाली हौं महान् गौरवशाली नेपाली एक छिन हांसो भयो एउटा युद्ध विजित खुसी
त्यस पछि फेवा ताल अस्ति वरिपरि मात्रै घुमेको फेवामा बोटिंग गर्ने भयौं करिब दुई घण्टा फेवाताल को सौन्दर्यको बखान गरिरहनु आवश्यक नहोला तर जलकुम्भि ले कुरुप बनाउंदै रहेछ फेवा लाई सिनित्तै सफा पारेका प्रतिवेदन पक्का सयौं पेश भए होलान् विभिन्न निकायमा तर फेवा उस्तै , त्यी प्रतिवेदन हरु भन्दा विल्कुल फरक सबैजना ले सोच्नै पर्ने कुरो
फेवा ताल बाट सकियो त्यो सुन्दर छोटो भ्रमण फोटोहरुको विश्लेषण भयो , बेलुका ठाउंहरुको बखान जम्मा जम्मि फोटो संख्याको करिव करिव ३० देखि ३५ प्रतिशत फोटामा रहेछु हांसो भयो मलाई फोटोग्राफिमा सोख   मलाइ लाग्छ फोटो खिच्नु कुनै ब्यक्ति वा ठाउं वा चिजको फोटो मात्र खिच्नु होईन , यो त्यो क्षण खुसी खिच्नु हो Photography is not all about taking picture of place, persons or things. It is about capturing the moment, the happiness and the excitement too.
धेरै अविस्मरणिय क्षणहरु खिचिएछन् धेरै हांसो, खुसी उल्लाहस डर पनि यादहरु असिमित भए प्रत्येक पल हरु अविस्मरणिय भए जानु अगाडी घुम्नु पर्ने ठाउंहरुको सुचि भन्दा भ्रमण पछि फर्कने बेलामा सुचि अझ लामो भयो तर समय  भन्दा बलवान् ? समयले यस पाली यत्ति नै गर्नु पर्ने संकेत गर्दै थियो
फर्कंदा, त्यिनै चार दिनका चित्रहरु घुमिरहे मनभरि झन तराईको उष्ण मौसममा झरेपछि जव पसिनै पसिनाले लछप्प भिज्न थालयो शरिर अनि पो साच्चिकै मिस गरियो त्यि चार दिन जय होस्

Comments